२० दिनअघि एमाले बनेका धामी व्यास पालिका अध्यक्ष चयन
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका– ५ को वडा अध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी नेकपा एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका छन् । बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको हो ।
१० असोजमा भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा धामीले व्यास गाउँपालिका सभापतिमा दाबी गरेका थिए । पालिका सभापतिमा आकांक्षी बढी भएपछि चुनावी प्रक्रियाबाट कांग्रेसले पालिका सभापतिको टुंगो लगाएको थियो ।
चुनावी प्रक्रियाबाट हारेपछि कांग्रेसीहरूले धोका दिएको भन्दै धामी १७ असोजमा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका धामीलाई व्यासका एमाले कार्यकर्ताले सर्वसम्मत रूपमा पालिका अध्यक्षमा चयन गरेका हुन् । उनले ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष चुनाव जितेका थिए । कांग्रेसका प्रभावशाली नेता धामी एमाले प्रवेश गरेको भन्दै स्थनीय कांग्रेस नेताले उनको आलोचना गरेका छन् ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया