मानार्थ उपाधिका लागि प्रधानसेनापति शर्मा भारत जाँदै

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा चार दिने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति भएपछि शर्माले पहिलो विदेश भ्रमण छिमेकबाट गर्न लागेका हुन् । नेपाल र भारतबीच असमझदारी हुँदा सेनाको पहलमा सम्बन्ध सुदृढ गर्ने कार्य हुँदै आएको छ । यतिबेला लयमा नरहेकाे नेपाल-भारतकाे सम्बन्ध प्रधानसेनापतिको भारत भ्रमणले लयमा फर्काउन मद्दत गर्ने विश्वास राजनीतिक र कूटनीतिक वृत्तमा छ ।
नेपाल र भारतबीच सैन्यसम्बन्ध आफैंमा सुमधुर र बलियो रहेकाले पनि सेनापतिमार्फत भारतसँग सकारात्मक सम्बन्धकाे पहलमा सरकार लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं भारत भ्रमणमा जाने तयारी हुँदै गर्दा सेनापतिबाट त्यसमा पहल हुने भएको हो । ‘प्रधानसेनापतिबाट हुने यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ,’ नेपाली सेनाले जनाएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानसेनापति शर्माको चार दिने भारत भ्रमण स्वीकृत गरेको हो । उनी कात्तिक २३ मा भारत जाने छन् भने २६ मा स्वदेश फर्कनेछन् । प्रधानसेनापतिको नेतृत्वमा सात सदस्यीय भ्रमण दल तय भएको छ ।
छिमेकी भारतबाट नेशनल डीफेन्स कोर्स (एनडीसी) गरेका प्रधानसेनापति शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापतिसमेत हुन् । भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले नेपाल र भारतबीच चलिआएको परम्पराअन्तर्गत भारतले प्रदान गर्ने मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्नेछन् । उनले भारतीय राष्ट्रपति रामनाथ कोभिन्दाबाट दज्र्यान्ही चिन्ह लगाउने छन् भने त्यहीं उनले मानार्थ महारथीको सम्मान पाउनेछन् ।
नेपाल-भारतबीच एकअर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको सम्मान दिने चलन छ । यसअघि नेपालबाट १४ जना प्रधानसेनापतिले मानार्थ महारथी र भारतीय १८ जना सेनाध्यक्षले मानार्थ महारथी लिइसकेका छन् । दुवै मुुलुकका सेनाबीच तालिम र रक्षासम्बन्धी सहयोग आदान-प्रदान हुँदै आएको छ । यसअघि नेपाल भ्रमणमा आएका नरवाणेलाई त्रिभुवन विमानस्थलमा शर्माले नै बलाधिकृत रथीको रुपमा स्वागत गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया