नेकपाबाट छुट्टिएर बनेका पार्टी अझै फुट्न सक्छन् : दाहाल
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट छुट्टिएर बनेका दल अझै टुक्रिनसक्ने बताएका छन् । बिहीबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो खतरा औंल्याएका हुन् ।
‘अघिल्लो निर्वाचनमा मेरै पहलमा वामगठबन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गई पछि नेकपा बनाएका थियौं । दुई अध्यक्षबीच प्रधानमन्त्री र अध्यक्षमा सहमति भएको थियो,’ दाहालले भने, ‘तर, दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक र अप्राकृतिक तरिकाले दुर्र्ईटा भयो । अहिले तीन वटा भएको छ । अझै चारवटा हुनसक्ने खतरा छ । यसलाई बिडम्बना नै मान्नुपर्छ ।’
तर, दाहालले नेकपा एमाले, माओवादी केन्द्र वा नेकपा एकीकृत समाजवादी कुन पार्टी विभाजन हुन लागेको हो यसबारे स्पष्ट पारेनन् । आगामी निर्वाचनमा आफूले चितवनबाटै उम्मेद्वारी दिने र विजयी बन्ने उनले बताएका छन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया