बाँकेका सबै पालिकामा एमालेको नेतृत्व सर्वसम्मत

नेपालगञ्ज - नेकपा एमाले बाँकेका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । ९ कत्तिकदेखि सुरु भएको पालिका अधिवेशनमा सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको बाँकेका सहइन्चार्ज एवम् एमाले केन्द्रीय सदस्य मोहम्मद हारुण हल्वाईले बताए ।
उनका अनुसार एमालेको बैजनाथ गाउँपालिका स्तरीय गाउँ कमिटीको अधिवेशनबाट इन्द्रबहादुर थापा, उपाध्यक्षमा प्रेमपूर्णा योगी, सचिवमा प्रेम सुवेदी, उपसचिवद्वय एकता शाह र प्रेम खत्रीसहित ७५ सदस्यीय कमिटी चयन भएको छ ।
नेपालगञ्ज उपमहानगरको अध्यक्षमा दत्तप्रसाद आचार्य, उपाध्यक्षमा अब्दुल हकिम हल्वाई र सचिवमा मोहित शाह, सहसचिवमा दिग्विजय ढुंगाना र उषा भण्डारी थापासहित ७९ सदस्यीय कमिटी चयन गरेको छ । डुडुवा गाउँपालिकाको अध्यक्षमा शकिल खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्माको नेतृत्वमा ७३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।
नरैनापुरमा पन्चराम यादव सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादवलाई चयन गरेको एमाले नरैनापुरका इञ्चार्ज शोहनलाल यादवले जानकारी दिए । खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र शाविर जोलाहासहित ७५ सदस्यीय कमिटी गठन भएको छ ।
कोहलपुर नगरपालिका कमिटीको अध्यक्षमा खिलप्रसाद भुसाल, उपाध्यक्ष नमप्रसाद शर्मा, सचिव माधव रिजाल, उपसचिव शान्ति सुनार, उपसचिव गोमा खनाललगायत ७५ सदस्यीय कार्यसमिति चयन भएको छ । राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा मनोज केसी पुनः निर्वाचित भएका छन् । अधिवेशनबाट सर्वसम्मत केसी चयन भएका हुन् । उनी यसअघि पनि पार्टीको राप्ती सोनारीकै अध्यक्ष थिए । कमिटीको उपाध्यक्षमा मदन ओली, सचिव सुधा चौधरी, सहसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतसहित ४५ सदस्य चयन भएका छन् ।
यसैगरी जानकीमा बिसराम बर्माको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन भएको सार्वजनिक भए पनि कमिटीको वैधानिकताको विषयलाई लिएर विरोध भइरहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया