भ्रष्टाचाररहित कार्यकाल बनाउँछुः मुख्यमन्त्री पाण्डे

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचार रहित हुने बताएका छन् । यो सरकारले सुशासन दिने कोसिस गर्ने भन्दै निश्चित अवधि भित्र जनताले राखेको कुरालाई समयमै समाधान गरिने उनले बताए ।
'सरकारले समाजवादको कार्यक्रमलाई अघि सारेर अघि बढ्नेछ । सर्वहारा, श्रमजीवी, मजदुर किसान तथा गरिब जनताको पक्षमा प्रदेश सरकारको कार्यक्रम अघि सार्नेछ' मुख्यमन्त्री पाण्डेले भने । अघिल्लो सरकारको गलत काम र अल्पमतमा सरकार परेपछि रकमसम्बन्धी निर्णय गरेको भए त्यो निर्णय उल्टिने उनले बताए ।
अहिलेको नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन केही समय लाग्ने भन्दै मन्त्रालय थप हुने पाण्डेले बताए । मुख्यमन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीसँगै बोल्दै पाण्डले केन्द्रमा भएको गठबन्धनको निर्णय अनुसार आफू मुख्यमन्त्री बनेकोले प्रदेश सरकारको नेतृत्व आधा समय या पूरा समय हुने गठबन्धनको निर्णयमा भरपर्ने बताए ।
बागमती प्रदेशको नेतृत्व नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा गर्ने सहमति भए पनि पाण्डेले यसअघि त्यस्तो कुनै सहमति नभएको प्रतिक्रिया दिएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया