बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

एमालेको स्थायी कमिटी बैठक जारी

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केही बेरअघि बैठक बसेको हो । दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । अहिले विभिन्न जिल्लामा एमालेको वडा र पालिका तहको अधिवेशन जारी छ ।