कोभिडबाट २ को मृत्यु, ५९१ संक्रमित

काठमाडौँ- देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रममा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५ हजार ७ सय ७६ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ६६४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८९ हजार ७ सय ८९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १० हजार २ सय ३६ सक्रिय संक्रमित आइसोलेशन र २१४ जना क्वारेन्टिनमा रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया