सानिमा माइको १० प्रतिशत बोनस शेयर पारित

काठमाडौँ- सानिमा माई हाइड्रोपावर लिमिटेडको आज बिहीबार भएको दशौं साधारण सभाले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । साधारण सभाले कर प्रयोजनका लागि कूल मुनाफाको ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको यसका निर्देशक डा. सुवर्णदास श्रेष्ठल बताए ।
डा. श्रेष्ठका अनुसार साधारण सभाले दुईजना सञ्चालकलाई निर्विरोध चयन गरेको छ । सर्वसाधारण लगानीकर्ताका तर्फबाट सञ्चालक समितिमा मनोनीत हुने सञ्चालकहरुमा भरतकुमार पोखरल र हितमान गुरुङ छन् ।
सानिमा हाइड्रोपावरले तीनवटा आयोजना सञ्चालन गरिरहेको छ भने अरु तीनवटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सञ्चालनमा रहेका आयोजनाहरुमा माइ (२२ मेगावाट) र यसैको क्यासकेड (७ मेगावाट) र सुनकोसी (२.६ मेगावाट) छन् ।
सानिमाका निर्माणाधीन आयोजनाहरुमा मध्य तमोर (७३ मेगावाट), तल्लो लिखु (२८.१ मेगावाट) र माथिल्लो मैलुङ (१४.३ मेगावाट) छन् । तमोरमा सानिमाले मात्रै ५३ करोड, तल्लो लिखुमा ४५ करोड र माथिल्लो मैलुङमा करिब २४ करोड रुपैयाँ लगानी गरेको डा. श्रेष्ठले जानकारी दिए । साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयरबाट ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता हुने डा. श्रेष्ठले बताए ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया