लक्ष्य अनुसार नै सबै नेपालीलाई कोभिड विरुद्धको खोपः मन्त्री खतिवडा
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मान्त्री विरोध खतिवडाले लक्ष्य अनुसार नै सबै नेपालीलाई कोभिड विरुद्धको खोप लगाइने बताएका छन् । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीको छलफलका क्रममा मन्त्री खतिवडाले नेपालमा कोभिडविरुद्धको खोप अभाव नभएको भन्दै लक्ष्य अनुसार नै सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाइने बताएका हुन् ।
मन्त्री खतिवडाले हाल ३० लाख खोप मौज्दात रहेको दुई करोड खोप आउने प्रक्रियामा रहेको जानकारी पनि दिए । १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड डोज खोप पनि छिट्टै आउने उनले बताए ।
त्यस्तै मन्त्री खतिवडाले औषधिमा मूल्यवृृद्धि हुन नदिन आफुले निरन्तर सरोकारवाला निकायँंग छलफल गरिरहेको भन्दै आफूखुसी मूल्यवृद्धि गरे कारवाही गर्ने चेतावनी दिए । मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने अठोट गरेको जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया