लिभरपुलसँगको हारले लज्जाबोध भएको छः रासफोर्ड
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा गत आइतबार म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग लज्जास्पद पराजय बेहोर्यो । ओल्ड ट्राफोर्डमा लिभरपुलले पाँच गोल गर्दा युनाइटेडले एक गोल पनि फर्काएन । यो खेलपछि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यार र उनका खेलाडीहरूको व्यापक आलोचना भइरहेको छ ।
यसबैबीच युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले लिभरपुलसँगको हारबारे मुख खोलेका छन् । उनले आफूलाई लज्जाबोध भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत युनाइटेड समर्थकसँग माफी पनि मागेका छन् ।
युनाइटेडले आफ्नो मैदानमा सन् १९५५ यता पहिलो पटक पाँच शून्यको हार बेहोरेको हो । यसअघि युनाइटेडले ओल्ड ट्राफोर्डमा लिभरपुलसँग यत्तिको ठूलो अन्तरको पराजय भोगेको थिएन ।
लिभरपुलसँग पराजय बेहोरेसँगै युनाइटेड अंक तालिकामा सातौँ स्थानमा छ । उसको खातामा नौ खेलबाट १४ अंक छ । वर्तमान लयमा सुधार ल्याउनु पर्ने दबाबमा रहेको युनाइटेडले आफ्नो आउँदो खेलमा टोटनहमको सामना गर्दैछ । दुई टिम शनिबार टोटनहमको मैदानमा आमनेसामने हुनेछन् । युनाइटेड जस्तै टोटनहमले पनि यो सिजन उति राम्रो खेल देखाउन सकेको छैन । यद्यपि टोटनहम युनाइटेडभन्दा एक स्थानमाथि छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया