लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध
बुटवल – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले लुम्बिनी प्रदेशसभामा नाराबाजी गरेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा एमालेका सांसदहरूले रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरेका हुन् । स्वच्छचारिता मुर्दावाद, संसदीय सर्वोच्चता कायम गरजस्ता नारा लगाएर उनीहरूले बैठकमा अवरोधमा सृजना गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएदेखि एमालेले संसद् चल्न दिएको छैन । माओवादी केन्द्रमा लागेर हाल मन्त्रीसमेत रहेका तत्कालीन एमाले सांसद अजय शाही र बिमाला वली खत्रीलाई निलम्बन नगरेको भन्दै एमालेले संसद्ले बैठक अवरोध गर्दै आएका छन् ।
बिहीबार संघमा पनि एमाले सांसद्ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् । एमालेबाट माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका सांसदलाई सभामुख अग्नि सापकोटाले कारबाहीको सूचना ननिकालेको भन्दै एमाले सांसद्ले बैठकमा अवरोध गरेका हुन् ।

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

प्रतिक्रिया