बझाङ पहिरो : बेपत्ता १९ जना भेटिएनन

बझाङ- थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ ।
यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको छ । दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ ।
घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए । 'जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ,' उनले भने । आवश्यक प्रक्रिया पुर्याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_MmlAsdmoOz_l3lszrcifoc1xmppurcaskmwvgvlicplfw6fgbhhtavw7ysbqcsfganfzkba.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया