प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्चमा रिट

काठमाडौँ : प्रतिनिधि सभा विघटनको सिफारिशविरुध्द सर्वोच्च अदालतमा रिट पुगेको छ। अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सरकारको सिफारिस गैरकानुनी भएकाले खारेज गर्न माग गर्दै निवेदन पेस गरेका थिए । सर्वोच्चले उनको निवेदन दर्ता भने गरेको छैन ।
न्यौपानेको रिट विघटन सिफारिश भएको सरकारको आधिकारिक भनाइ, प्रधानमन्त्रीले विघटनका लागि राष्ट्रपतिलाई गरेको सिफरिश र प्रमाणीकरण सम्बन्धी कुनै प्रमाण नभएको भन्दै सर्वोच्च प्रशासनले दर्ता गरेको छैन ।
संसद विघटन गर्न सिफारिस गरिएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । राष्ट्रपतिले प्रमाणित भने गरेकी छैनन् ।
यसरी आएको निवेदन सिधै सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता हुन्छन् । संवैधानिक इजलाशमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश हुन्छन्।
संविधानको धारा ८५ को उपधारा १ मा संविधान बमोजिमको अवधिभन्दा अघि नै संसद विघटन भएबाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुने उल्लेख छ। संविधानको धारा ७६ को उपधारा ७ मा ‘उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।’ भन्ने उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया