मेटलाइफद्वारा पोखरा र बुटवल शाखा स्थापना

काठमाडौँ- मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको छ । कम्पनीले पोखरा र बुटवलमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरी शाखा कार्यालयहरु बनाएको छ।
यस कार्यालयबाट बीमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, ग्राहक सोधपुछसहित अन्य कागजातसम्बन्धी सेवाहरु प्राप्त गर्न सकिन्छ ।
दुवै कार्यालयहरुको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा गरिएको थियो। यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरुलाई सुविधामा थप पहुँच प्राप्त गर्न सहयोग मिल्ने विश्वास लिइएको छ।
मेटलाइफका ग्राहकहरुले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एप मार्फत सम्पूर्ण सेवाहरु डिजिटल माध्यमबाट पनि प्राप्त गर्नसक्ने बताइएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया