सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

काठमाडौं - साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।
बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया