पोल भाडा सम्झौता गर्न दुरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल दुरसञ्चार प्राधिकरणले कार्तिक महिनाभित्र पोल भाडा सम्झौता गरी सक्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
दुरसञ्चार प्राधिकरणले बिहिबार एक सुचना जारी गर्दै पोल भाडा सम्झौता कार्तिक महिनाभर गरिसक्न भनेको छ । सेवाप्रदायकहरूले विद्युत पोलहरू प्रयोग गरेको स्थान, परिणाम र अवधि स्वयम् घोषणा गर्नुपर्नेछ । केही समयअघि पोल प्रयोगबापत भाडा सम्झौता नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्न सुरु गरेको थियो । तर चर्को दबाब पछि बसेको सरोकारवाला निकायहरूको बैठकले विद्युत प्राधिकरण तत्काल तार नकाट्न घोषणा गरेको थियो । सम्झौता नगरेका सेवाप्रदायकलाई कात्तिक मसान्तभित्र सम्झौतामा आउने समयसीमा दिइएको थियो ।
साथै पोल भाडा महँगो भएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोद सिंहको संयोजकत्वमा अध्ययन समितिसमेत गठन भएको थियो । समितिलाई पोल भाडा विवाद समाधानका लागि मंसिर १५ गतेसम्म प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

प्रतिक्रिया