नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ- नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बिहीबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ ।
पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध पहिलो जित र अंकको खोजीमा छ ।
इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जितका लागि खेल्ने बताएका छन् ।
ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।
यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया