मझगाउँ विमानस्थल दुई वर्षभित्रै सञ्चालनमा ल्याउँछौं : प्रेम आले

कञ्चनपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कञ्चनपुरस्थित मझगाउँ विमानस्थल दुई वर्षभित्रै सञ्चालनमा ल्याउने दाबी गरेका छन् । बुधबार महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उनले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताए । ‘विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ,’ उनले भने, ‘दक्षिणतर्फको ५ सय मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं ।’
बन्द विमानस्थल सञ्चालन गर्नका लागि ५३ करोड ६० लाख रूपैयाँ बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बोलपत्र आह्वान (टेण्डर)को कार्य पूरा भएको बताए । ‘बोलपत्र आह्वान भइसकेको छ,’ उनले भने, ‘काठमाडौं फर्केलगत्तै सम्झौता गर्छौं । काम सुरु हुन्छ ।’ उनले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागिसमेत कार्य अगाडि बढाइएको बताए ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया