देशभर थपिए ६७२ संक्रमित, ८ को मृत्यु

काठमाडौँ- देशभर कोभिड संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३८० संक्रमितको मृत्यु भइसकेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ संक्रमित थपिएका छन् ।
९ हजार ४९५ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५८२ र एन्टीजेन विधिबाट ९० जनामा कोभिड पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८९ हजार १२५ जना संक्रमणमुक्त भइसकेका छन् ।देशभर सक्रिय संक्रमित १० हजार ३७५ जना छन् ।
आईसीयूमा २५४ र भेन्टीलेटरमा ८६ जना उपचाररत छन् ।आईसीयूमा २५२ र भेन्टीलेटरमा ८० उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ५१२, संस्थागत आईसोलेशनमा ७८४ र क्वारेन्टिनमा २१६ जना छन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया