५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदै राजेन्द्र पाण्डे
हेटौंडा - बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले आज नै प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गर्ने भएका छन् । पाण्डे माओवादी र कांग्रेसका सांसदहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न जान लागेका हुन् ।
हालसम्म तीन दलको ५८ सांसदहरूको हस्ताक्षर संकलन भइसकेको र बहुमतको साथ प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गर्न जाने तयारी गरेको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशकी प्रमुख सचेतक मुनु सिग्देलले जानकारी दिइन् ।
बागमतीमा मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन चाहिन्छ । एमालेकी सांसद अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा नयाँ मुख्यमन्त्री चयनको बाटो खुला भएको हो ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया