सर्वोच्चकाका पूर्व न्यायाधीश पण्डितको निधन
काठमाडाैँ : सर्वोच्च अदालतका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएको छ । तनहुँमा १९९९ सालमा जन्मिएका पण्डितको ७९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।
२०२७ सालमा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका पण्डित २०४८ सालमा पुनरावदेन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुँदै २०६१ सालमा अस्थायी न्यायाधीशका रुपमा सर्वोच्चमा प्रवेश गरेका थिए ।
२०६४ सालमा उमेरहदका कारण अनिवार्य अवकाश पाएका पण्डित त्यसयता स्वतन्त्र न्यायपालिका र निष्पक्ष न्याय सम्पादनको वकालत गर्दै आएका थिए । पण्डितको निधनप्रति शोक वक्तव्य जारी गर्दै सर्वोच्च अदालतले उनको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
साथै सर्वोच्च अदालतमा बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पण्डितप्रति श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया