एमालेले आफ्नै कारण गुमायो, संघ र तीन वटा प्रदेश सरकार
प्रदेश १ मा पनि सोमबार छिनोफानो

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैँले हुर्काएको पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेसँगै एमालेले नेतृत्व गरेको सरकारको अधोगति सुरु भयो । प्रदेश सभा पहिलो निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको एमालेले आजको दिनसम्म आइपुग्दा प्रदेश–१ सरकारबाहेक सबै प्रदेशबाट नेतृत्व गुमाइसकेको छ । बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार आज बुधबारमात्रै ढलेको हो । प्रदेश–१ मा पनि एमालेको नेतृत्व फुत्किने पक्का जस्तै छ ।
यसअघि एमालेले गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको र लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार गुमाएको थियो । एमालेले पार्टीको आन्तरिक विवादका कारण संघ सरकार, गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकार गुमाएको हो । पार्टीभित्रको विवादका कारण एमालेकै सांसदको मत नपाएको कारण केपी शर्मा ओली २०७८ असार २८ मा प्रधानमन्त्री पदबाट बाहिरिएका थिए ।
बागमतीमा मुख्यमन्त्री बनेकी शाक्यले आज संसद्लाई सम्बोधन गर्दै भनिन्, ‘नेपालको संविधानको धारा ६९ को उपधारा १ क बमोजिम मैले मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेकी छु ।’ करिब साढे २ महिना सरकारको नेतृत्व गरे गरेकी शाक्य गत भदौ–२ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला मुख्यमन्त्री पनि भइन् । एमालेले एमालेकै नेता डोरमणि पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।
शाक्य तत्कालीन अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी नेता हुन् । उनले पदको बागर्नेनिङ गरेर डोरमणिलाई पदस्थापन गर्दै मुख्यमन्त्री बनेर वरिष्ठ नेता समूह त्यागेकी हुन् ।
एमालेका संगठन विभाग प्रमुख विष्णु पौडेलले एमाले नेतृत्वको सरकार जोगाउनको लागि संसदीय संख्या नपुगेको बताए । उनले भने, ‘राप्रपा र नेमकिपाले एमालेलाई समर्थन गरेकै छन् । अरु दल गठबन्धनमा छन् हाम्रो संख्या पुगेन ।’
एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे संसदीय अंक गणितमा कमजोर भएको कारण एमालेले आफ्नो सरकार गुमाउनु परेको स्वीकार्छन् । ‘संख्या नपुगेको हो । फ्लोक्रस गर्ने गर्न हुँदैन । संख्या नपुगेपछि मुख्यमन्त्रीहरुले राजीनामा दिनु भएको हो’ उनले भने । उनले मुख्यमन्त्रीका लागि शाक्य योग्य हुँदाहुँदै पनि संख्या नपुगेको कारण पदबाट राजीनामा दिनुपरेको बताए ।
प्रदेश १ को छिनोफानो सोमबार
प्रदेश–१ मा पनि एमालेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा छ । आचार्यले प्रतिनिधित्व गर्ने दल नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि उनी अल्पमतमा परेका हुन् । सरकारको नेतृत्व गरेको दल विभाजन भएमा, समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक छ ।
आचार्यले आउँदो सोमबार विश्वासको मत लिँदैछन् । एमालेबाट छुट्टिएर बनेको (नेकपा एकीकृत समाजवादी) लगायत अन्य दलका सांसद्को स्पष्ट बहुमत देखिएकाले आचार्यले पद गुमाउने पक्का जस्तै छ ।केपी ओलीले आचार्यलाई पनि माधवकुमार नेपाल समूहबाट आफ्नो समूहमा भित्र्याउँदै मुख्यमन्त्री पद उपहार दिएका थिए । आचार्यभन्दा अघि ओली समूहकै नेता शेरधन राई प्रदेश–१ मा मुख्यमन्त्री थिए ।
नेकपा (एकीकृत समाजवादी)ले पहिलो मुख्यमन्त्री पाउँदै
शाक्यको राजीनामासँगै एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीले पहिलो मुख्यमन्त्री पाउने भएको छ । यहाँ एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्दैछन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया