एमाले सुदूरपश्चिमको वडा तथा नगर अधिवेशन १२ र १५ कात्तिकमा

धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको वडा तथा नगरको अधिवेशन प्रभावित बनेको छ । बाढी र पहिरोबाट प्रदेशका सबै जिल्ला प्रभावित बनेपछि एमालेको अधिवेशनहरू सारिएको छ । बाढी पहिरोले कम क्षति गरेको जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।
देशका अधिकांश जिल्लामा एमालेको नगर र वडा अधिवेशन सम्पन्न भए पनि सुदूरपश्चिम प्रदेशमा १२ र १५ कात्तिकमा मात्रै वडा तथा नगरको अधिवेशन हुने भएको हो । बाढी पहिरोले धेरै स्थानका सडक बगाएको र स्थानीय जनताको घर बास नै प्रभावित पारेपछि अधिवेशनमा सबै सहभागी हुने सम्भावना नदेखिएकाले प्रदेशमा १२ गते वडा र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको छ ।
बुधबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै १२ र १५ गते अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरणका लागि निर्देशन दिएको छ । सुदूरपश्चिममा अहिलेसम्म डडेल्धुराको एउटा वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ । ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया