भारतीय सुपरस्टार रजनीकान्तको नयाँ सोसल मिडिया एप 'हुटे'

काठमाडौँ- भारतीय साउथ सुपरस्टार रजनीकान्तले नयाँ सामाजिक सञ्चाल ‘हुटे’ सार्वजनिक गरेका छन् । केही दिन अघि मात्र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ सामाजिक सञ्जाल सार्वजनिक गरेका थिए ।
एप सार्वजनिक गरेपछि अभिनेता रजनीकान्तले सोसल मिडियामा हुटे एउटा आवाजमा आधारित सोसल मिडिया प्लेटफर्म भएको र यो भारतले विश्वका लागि तयार पारेको उल्लेख गरेका छन्।
रजनीकान्तको छोरी सौन्दर्याले बनाएको हुटे भ्वाइस बेस्ड एप हो । यस एपको सौन्दर्या तथा अम्टेक्सका सीईओ सनी पोकाला यो एपका सह संस्थापकका रुपमा रहेका छन् ।
भारतमा सेतो लाटोकोसेरोलाई हुटेका नामले चिनिन्छ । लाटोकोसेरोमा आधारित भएर हुटे नाम राखिएको सार्वजनिक जनाइएको छ ।
हुटेमा यूजरले आफ्ना विचारहरुलाई आवाजमार्फत् अर्थात् भ्वाइस नोटका रुपमा शेयर गर्न सक्ने बताइएको छ। प्रयोगकर्ताले पोस्टहरुलाई अझ राम्रो र उत्कृष्ट बनाउनका लागि ब्याकग्राउन्ड म्युजिक पनि प्रयोग सक्नेछन् ।
हुटे एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ । आइओएस प्रयोग कर्ताको लागि भने केही समयमा उपलब्ध हुने सार्वजनिक कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

प्रतिक्रिया