प्रधानन्यायाधीशले इजलासबाट पन्छिएर जवाफ दिनुपर्छ : गोपालप्रसाद पराजुली

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीश चलोन्द्रशमशेर जबराले इजलासबाट पन्छिएर आफूमाथि लागेको आरोपबारे जवाफ दिनुपर्ने बताएका छन् । आफूमाथि अवाञ्छित लाञ्छना लागेमा न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन जबराले इजलासबाट पन्छिएर त्यसको खण्डन गर्नुपर्ने पराजुलीको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीश जबराले निकास दिन जरुरी रहेको औंल्याए । पराजुलीले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए ।
उनले प्रधानन्यायाधीशको कुराहरू निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने धारणा राखे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमान सिंह कार्कीलाई हटाएका कुराहरू कानूनसम्मत नभएको र ती न्यायाधीशहरूले कानूनसम्मत काम नगरेको बताउँदै उनले प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने टिप्पणी गरे । ‘हुल र गुटले भनेर हुँदैन, विधिसम्मत र न्यायसम्मत ढंगले चल्नुपर्छ, अहिले चलेको कुरा जायज हो कि होइन भन्ने राजनीतिक पार्टीले बुझ्नुपर्छ,’ उनले भने ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया