संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाक्य
काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकी छन् । केहीबेर पछि बागमती प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजीनामाको तयारी गरेको अर्थमन्त्री रचना खड्काले इकागजलाई जानकारी दिइन् ।
‘अब केहीबेरमा संसद् बैठक सुरु हुन्छ । त्यो बैठकलाई सम्बोधन गरेर उहाँले मार्ग प्रशस्त गर्नुहुन्छ’ खड्काले भनिन् । आज शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको मत लिने प्रस्तावमा मतदान गर्ने कार्यसूची पनि छ । तर, उनले मतदान प्रक्रियामा नगई राजीनामाको तयारी गरेकी हुन् । बागमतीमा गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे र कांग्रेसका संसदीय दलका नेता ईन्द्र बानियाँमध्ये एक जना मुख्यमन्त्री बन्दैछन् ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया