हात्तीको आक्रमणबाट ज्यान गुमाएको कार्की परिवारले पायो किरिया खर्च
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजार किरिया खर्च उपलब्ध गराएको छ । नगरपालिकाको वडा नम्बर १२ मा हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले मंगलबार घरमै पुगेर किरिया खर्च हस्तान्तरण गरेका हुन् ।
बुधबार हात्तीले घरआँगनमै आक्रमण गरी कार्की दम्पतीको ज्यान लिएको थियो । शुक्रबार नगर विपद् समितिको बैठकले पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै नगरपाकिाले वडा नम्बर १ स्थित स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टको परिवारलाई २५ हजार रूपैयाँ किरिया खर्च उपलब्ध गराएको छ ।

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

प्रतिक्रिया