ठमेलमा पर्यटकीय चहलपहल बढ्दै
काठमाडौँ – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड संक्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो ।
कोभिड संक्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको संख्यामा कमी आउँदा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको थियो । थोरै लगानी गरेर धेरै फाइदा लिन सकिने पर्यटन क्षेत्र सुस्ताउँदा देशको अर्थतन्त्रमासमेत ठूलो क्षति पुग्न गयो ।
पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिडका कारण उक्त कार्यक्रम स्थगित भएको थियो । बन्दाबन्दीअगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया