ताप्लेजुङका किसानलाई अलैंची टिप्ने खेताला पाउन गाह्रो
ताप्लेजुङ – ताप्लेजुङका किसानहरू यतिखेर अलैंची टिप्न व्यस्त छन् । तर यसका लागि उनीहरूले खेताला पाउन सकिरहेका छैनन् । विगत वर्षजस्तो खेताला पाउन नसकिएको फक्ताङलुङ गाउँपालिका-५ का अलैंची किसान कुमार राईले बताए ।
‘हिजो आज अलैंची टिप्ने खेताला पाउनै गाह्रो छ । पैसा बोकेर गाउँभरि खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याई नभ्याई हुन्छ,’ उनले भने । गाउँका प्रायःजसो युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका-४ की कृषक अनिता लिम्बुले बताइन् ।
पहिले–पहिले गाउँघरमा अलैंची टिप्नका लागि छरछिमेकीबीच अर्मपर्म गरिए पनि अहिले त्यस्तो चलन हराएको उनले बताइन् । ‘एक छिमेकीको बगानमा टिपाइ सकेर अर्को छिमेकीको बगानमा अलैंची टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो चलन लोप हुँदै गएको छ,’ उनले भनिन् ।
अलैंची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको आफ्नै अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न नसक्दा जंगली जनावरले पाकेको अलैंची खाइदिने खतरा हुँदा समयमै टिपेर भित्र्याइसक्नु पर्छ । ताप्लेजुङमा बेँशी क्षेत्रमा असोजको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मंसिर १५ सम्म अलैंची टिप्ने चटारो हुन्छ । अहिले मध्य क्षेत्रमा अलैंची टिप्ने समय भएको छ । अलैंची टिपाइ बेँशीदेखि क्रमशः लेकाली क्षेत्रमा सर्दै जान्छ । मंसिर अन्तिम सातासम्ममा किसानले घरघरमा अलैंची भित्र्याई सक्छन् ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया