नेपाल-भारत सैन्य अधिकारीसहितको संयन्त्र बैठक बस्दै

काठमाडौँ - भारतको बेंगलुरू (बैंग्लोर)मा नेपाल र भारतका सैन्य स्तरीय सुरक्षा बैठक हुने भएको छ । दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली बुधबार भारत प्रस्थान गर्दैछन् । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखा प्रमुख एवं सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञसहितको टोली त्यसतर्फ जान लागेका हुन् ।
उक्त नियमित बैठकमा सहभागि हुन रक्षा मन्त्रालयबाट दुई अधिकारी, सेनाका तीन सहायक रथी, परराष्ट्रका अन्य अधिकारी र दूतावास प्रतिनिधि सहित १६ अधिकारी बैठकमा सहभागि हुनेछन् । भारतको तर्फ बाट पनि त्यहाँको विदेश मन्त्रालय अन्तरगत नर्थ डिभिजन महाशाखा प्रमुखको नेतृत्व रहने छ । उत्तिकै संख्यामा सहभागिता पनि रहनेछ ।
नेपाल-भारत द्विपक्षीय परामर्श समूहले आपसी सुरक्षा विषयमा छलफल गर्नेछन् । दुईदिनसम्म चल्ने उक्त बैठकमा सीमा सुरक्षा, सीमा अपराध, दुुई देशबीच सुरक्षा सहकार्य र तालिम तथा क्षमता अभिवृद्धी तथा आपसी सहयोगका विषयमा केन्द्रित रहने नेपाली सेनाले जनाएको छ ।
नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रूपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल-भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन भएको हो । यस समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी एक दर्जन भन्दा बढी बैठक सम्पन्न गरिसकेका छन् । यो १४ औँ बैठक मा कोभिडका कारण रोकिएका र त्यसअघिका विभिन्न विषयमा छलफल हुनेछ ।
यो बैठक दुई वर्ष अघि नै गर्ने तय भएको भए पनि कोभिडका कारण स्थगन भएको र त्यसपछि पनि तिथी तय हुन सकेको थिएन । अन्य कैयन दुईपक्षीय बैठकहरू पनि यही बीचमा अघि बढ्ने भएको छ । नेपाल र भारतबीच अधिक दुईपक्षीय संयन्त्रहरू छन् । सबै संयन्त्रहरू अघि बढ्ने तयारी भएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया