निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । मंगलबार पार्टीको पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त निर्देशन दिएका हुन् ।
एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने भन्दै ओलीले मुलुकमा अब हुने तीनै तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । परमादेशबाट आफू नेतृत्वको सरकार ढले पनि आगामी निर्वाचनबाट जनादेश प्राप्त गरी पुनः आफ्नै नेतृत्वमा सरकार बनाउने ओलीले विश्वास व्यक्त गरे । ‘जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने गरी पार्टीका काममा देशभर क्रियाशील हुन म आह्वान गर्दछु,’ ओलीले भने ।
एमालेले ६ कात्तिकमा सबै वडास्तरमा अधिवेशन गरेको थियो भने मंगलबार नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया