काठमाडौं महानगरले ५० बढी पार्क बनाउँदै, एकै दिन दुई पार्कको शिलान्यास

काठमाडौँ – काठमाडौं महानगरपालिकाले सोमबार एकै दिन वडा–३२ मा दुई वटा पार्कको शिलान्यास गरेको छ । ‘एक वडा एक पार्क निर्माण’ को नीतिअनुरूप करिब ४ रोपनी ११ आना क्षेत्रफलमा निर्माण हुन लागेको ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् ।
उनले महानगर क्षेत्रभित्र साना ठूला गरी ५० बढी पार्क निर्माण कार्य जारी रहेको जानकारी दिए । ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयबासीको अपनत्व रहने गरी स्थानीयलाई नै संरक्षणको जिम्मा दिने नीतिअनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौं ।’ कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतको पनि उपस्थिति थियो ।

होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रतिक्रिया