एमाले छोडेकाहरू फर्किन थालेका छन् : प्रदीप ज्ञवाली
गुल्मी – नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी विभाजनले एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । गुल्मीको रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधिले विभाजन नचाहेको बताए ।
पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको बताउँदै ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको उल्लेख गरे । एमाले छोडेकाहरू पनि फर्किने क्रम सुरु भएको ज्ञवालीको भनाइ छ । ‘एमाले छोडेर गएकाहरू पुनः हाम्रै पार्टीमा फर्किन थालेका छन् । एमालेको विभाजन कसैले पनि चाहेको छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया