मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सन् २०३० सम्म कार्बन उत्सर्जन शून्य गर्न ५० अर्ब डलर  चाहिने

काठमाडौँ– राष्ट्रिय योजना आयोगले सन् २०३० सम्म कार्बन उत्सर्जन शून्य गर्न पचास अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । कार्बन उत्सर्जन शून्य गर्ने (नेट जीरो) रणनीति अनुमोदन गर्दै आयोगले हिमालय क्षेत्रको संरक्षण तथा नवीकरणीय र हरित जलविद्युतमा आधारित उर्जामा नेपालले आफ्नो विशिष्ट मोडल तयार गर्ने जनाएको छ । 

यो रणनीति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि आगामी नोभेम्बरमा बेलायतमा आयोजना हुने कोप–२६ मा प्रस्तुत गरिने आयोगले जनाएको छ ।