नबिल बैंक सुर्खेतद्वारा बराहतालमा साक्षरता कार्यक्रम

काठमाडौँ - नबिल बैंक लिमिटेले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको हो ।
बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नबिल बैंक कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा व्यक्त गरे ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया