मास्टरकार्ड अब क्रिप्टोकरेन्सी कारोबार गर्नपाइने

काठमाडौँ- मास्टरकार्ड नेटवर्कमा आवद्ध भएका बैंकहरूले क्रिप्टोकरेन्सी कारोबार गर्न पाउने भएका छन् ।
मास्टरकार्डले एक क्रिप्टोकरेन्सी कारोबार गर्ने संस्थासँग सम्झौता गरी आफ्ना नेटवर्कमा भएका मर्चेन्ट तथा बैंकहरुलाई क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्न सक्ने विकल्प उपलब्ध गराउने भएको हो ।
मास्टरकार्ड नेटवर्कमा हाल २ अर्ब ८० करोड सक्रिय मास्टरकार्ड प्रयोगकर्ता तथा २२ हजार बैंकहरु आवद्ध रहेको कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले आफ्नो अकाउन्टमा जम्मा भएको क्रिप्टोकरेन्सीमार्फत सामान किन्न वा डिजिटल सम्पत्तिका रुपमा जम्मा गर्न सक्नेछन् ।
मास्टरकार्डले केही समयअघि मास्टरकार्ड प्रयोगकर्तालाई क्रिप्टोकरेन्सी कारोबार खुला गर्ने निर्णय गरेको थियो ।
मास्टरकार्डको विश्वभरमा रहेको भुक्तानी नेटवर्कमा डेबिट तथा क्रेडिट कार्ड क्रिप्टोकरेन्सी रिवार्ड दिने भएको छ। हवाइ टिकट तथा होटल बुकिङमार्फत् पाइने यस्ता रिवार्ड प्वाइन्टहरु क्रिप्टोकरेन्सीमा लिन पाइनेछ।
यो पनि पढ्नुहोस् नेपालले चिन्न नसकेको क्रिप्टोकरेन्सी के हो ?

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_swz8k0Oaxm_jmwg8gw9jwhiqxz6gdev6qyvhrgurti3puody1cos5z6f6sesutzg3svuxal.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया