दक्षिण कोरियाले इरानलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने

सियोल - दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ। कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने भएको हो। उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ।
उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ। दक्षिण कोरियाले यस महिनाको शुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको ११ लाख डोज र थाइल्याण्डका लागि ४ लाख ७० हजार खोपहरू उपलब्ध गराएको थियो। दक्षिण कोरियाको पूर्ण खोप दर कूल जनसंख्या को ७० प्रतिशत नाघेपछि अन्य देशलाई गर्ने खोप सहयोग कार्यलाई तीव्रता दिएको छ ।

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_R2HnpZi5xA_19vw1syyrvutzt99772lgd4ur52xemwbnqolnk5fyqgeqtbzydpqamagreuw.jpg)
प्रतिक्रिया