धानबालीको क्षति अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन

काठमाडौँ – सरकारले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कार्यदलका अन्य सदस्यहरूमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको पनि उनले जानकारी दिए ।

उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

प्रतिक्रिया