जबराले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्छ : नेपाल बार
काठमाडौँ – नेपाल बार एशोसिएशनले चोलेन्द्र समशेर जबराले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले सोमबार बैठक बेलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधान्यायाधीश राणाले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण जनताले न्याय पाउन नसकेको बताए ।
बारको सोमबार बसेको बैठकले न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले न्यायप्रशासन सम्हाल्न नसकेको निष्कर्ष निकाल्दै निकास दिनुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गरे ।
‘आफ्नै अदालतभित्रका न्यायाधीशहरूलाई पनि विश्वास लिन नसकिने स्थितिमा पुगिसकेको रहेछ, १४ जना सर्वोच्च अदालतकै न्यायाधीशहरूले बैठकमा हामी नजाने भनेर बैठक बहिष्कार गर्नुभयो, न्यायका लागि आएका जनताले न्याय पाउन सकेका छैनन्, हामी निष्कर्षमा पुगेका छौं कि, न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले अब सम्हाल्न सक्नुहुन्न, सफल हुन सक्नुभएन, उहाँले निकास दिनुपर्छ,’ उनले भने । अध्यक्ष श्रेष्ठले मंगलबार बिहान ११ बजे बस्ने बारको बैठकमा पदाधिकारीहरूको निष्कर्षबाट ठोस निर्णय लिने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया