२० जना राष्ट्रिय सभा सदस्यका पदावधि फागुन २० मा सकिँदै

काठमाडौँ - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा रिक्त हुन लागेको २० सदस्यका निम्ति दुई÷तीन दिनभित्रै मिति घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । आउँदो फागुन २० मा २० जना सदस्यको पदावधि सकिँदैछ ।
त्यसमा एक जना मन्त्रिपरिषद्को सिफारिश राष्ट्रपति मनोनित हुनेछन् भने बाँकी १९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखबाट निर्वाचित हुनेछन् ।
कानुनतः राष्ट्रिय सभामा रिक्त पदमा माघ १० गतेसम्म निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ । कानुनमा पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन सक्नुपर्नेछ । आयोगका सदस्य ईश्वरी पौडेलका अनुसार, आयोगले कानुनी व्यवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हौँ । कानुनी व्यवस्थाअनुरुप माघ १० गतेभित्र चुनाव सकिनुपर्छ ।
कानुनमा आयोगको परामर्शमा राष्ट्रिय सभा सदस्य निर्वाचन निर्वाचनको मिति तोक्ने काम सरकारको हो । ‘हामीले त्यहीअनुरुप हाम्रो परामर्श चाहिँ दुई–तीन दिनभित्रमा चुनावको मिति घोषणा गरिदिनुस् भनी हामीले भनेका हौँ’ पौडेलले इकागजसँग भने ।
नयाँ संविधान जारी भएपछि राष्ट्रिय सभा सदस्यमा पहिलो चोटि ‘गोला प्रथा’का आधारमा दुई, चार र छ वर्ष पदावधि कायम भएको थियो । आउँदो फागुन २० मा चार वर्ष पदावधि पूरा गर्ने सदस्यहरुको पदावधि सकिन लागेको हो । प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको पदावधि सकिन्छ ।
राष्ट्रिय सभाबाट चार वर्षे पदावधि पूरा गर्न लागेका सदस्यमा चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खडका, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दिनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशीकला दाहाल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमनराज प्याकुरेलको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सदस्य रामनारायण बिडारीको पनि पदावधि सकिँदैछ ।
तर, स्थानीय तहको चुनावको मितिका विषयमा कुनै सिफारिश नभएको पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले केवल प्रसंग आउँदा स्थानीय तहको चुनाव पनि चैतभित्र गराउनुपर्छ भनेका हौंँ, तर मिति नै सिफारिश भएको छैन ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया