अब 'सोनी लिभ'को सब्सक्रिप्सन नेपालबाट पनि गर्न सकिने

काठमाडौँ- सोनी पिक्चर्स नेटवर्क ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म 'सोनी लिभ' अब नेपालबाटै सब्सक्रिप्सन गर्न सकिने भएको छ । सोनीले टेलिनेटसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । अब नेपाली दर्शकले पनि सोनी लिभ एपको प्रिमियम सदस्यता प्राप्त गरि यसको कन्टेन्ट हेर्न सक्नेछन् ।
नेपालका दर्शकले सोनी लिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी यसको सदस्यता प्राप्त गर्न तथा नविकरण गर्न सक्नेछन् । सोनी लिभ एप सोनी पिक्चर्स नेटवर्क इन्डियाले संचालन गरेको एप हो यसमा विभिन्न वेब सिरिज, फुटबल एवं क्रिकेट लाइभ, हिन्दी फिल्म लगायतका मनोरन्जनात्मक कार्यक्रमहरू रहेका छन् । नेपाली दर्शकले मासिक ४ सय ६९ रुपैयाँमा एक महिनाको सेवा प्राप्त गर्न सक्नेछन् ।
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_kM0bPShJDy_5rrvehcepe30zw74qm6s1hu7yunflk8khsjrv6at8xwqveaw2kmtketkj2dt.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया