उपत्यकामा सक्रिय संक्रमित २३९९, थपिए २२७ कोभिडका बिरामी

काठमाडौँ- उपत्यकामा २२७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौँमा १८५ , ललितपुरमा ३३ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् । यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित २ हजार ३९९ जना छन् ।
काठमाडौँमा १३१७, ललितपुरमा ५४५ र भक्तपुरमा ५३७ जना छन् । काठमाडौँमा सक्रिय संक्रमित १३१७, संक्रमणमुक्त २ लाख ४५ हजार ४४९, मृत्यु २१८६ र कुल संक्रमित २ लाख ४८ हजार ९५२ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५४५ , संक्रमणमुक्त २८ हजार ६६३, मृत्यु ४३२ र कुल २९ हजार ६६३ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५३७, संक्रमणमुक्त ४८ हजार ४१, मृत्यु ६८३ र कुल संक्रमित ४९ हजार २६१ जनामा संक्रमण देखिएको छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया