विदेशमा रहेका नेपाली मतदान गर्न पाउलान् ?

काठमाडौँ – विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमा मतदान गर्न पाउने अधिकारबारे सरकारले छलफल थालेको छ । आज सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधार र सगुन शमसेर जबराले भेट गरी यसबारे छलफल गरेका हुन् ।
उक्त भेटमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूका साथै आयोगका सचिवसमेत सहभागी थिए । उक्त भेटमा फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभा सदस्य संख्या १५ को निर्वाचनको मिति तोक्ने पनि निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै स्थानीय तहको निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा साथै प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचनका विषयमा पनि छलफल भएको आयोगले बताएको छ ।
निर्वाचन प्रणालीलाई प्रविधियुक्त बनाउने विषय र सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानुनी तथा प्राविधिक विषयमा छलफल भएको आयोगले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया