बैतडीमा सेनाले खानेपानी वितरण गर्दै

बैतडी – वर्षाका कारण आएको बाढीले पाइप बगाउँदा बैतडी सदरमुकाममा खानेपानी अभाव भएको छ । यसैसाता परेको अविरल वर्षााले खानेपानीको संरचनामा क्षति पुर्याएपछि खानेपानीको समस्या देखिएको हो । सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाले वितरण गर्न थालेको छ । हनुमानध्वज गुल्मले सदरमुकामका सरकारी कार्यालय, सुरक्षा निकाय, सर्वासाधारणलाई खानेपानी विरण गरिरहेको छ ।
जर्गबाट ल्याइएको छट्टै रिजर्व ट्यांकीबाट पानी वितरण गर्न थालिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए । ‘गुल्मभित्र जर्गबाट ल्याइएको सानो रिजर्व ट्यांकी थियो, सोही ट्यांकीबाट पाइप लगाएर वितरण गर्दैछौं, सरकारी कार्यालयमा पाइपबाट पानी तानेर लगिएको छ, अन्य सर्वासाधारणका लागि मूलगेटअगाडि धारा जडान गरेका छौं,’ उनले भने ।
सेनाले खानेपानी वितरण गर्दा थोरै भए पनि सदरमुकाम क्षेत्रमा राहत भएको स्थानीको भनाइ छ । दशरथचन्द नगरपालिका-४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको त्यहाँका बासिन्दाको गुनासो छ । सदरमुकामबाट झण्डै छ किलोमिटर टाढा रहेको माडखोलाको मुहानमा पहिरो जानाका साथै पाइपमा वर्षाले क्षति पुर्याएकाले खानेपानीको समस्या भएको स्थानीयबासी प्रकाश चन्दले बताए । खानेपानीको समस्या भएको हप्ता दिन भइसक्दासमेत कुनै सुनुवाइ भएको छैन ।

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

प्रतिक्रिया