सिनेमा घरलाई अंग्रेजी फिल्मको भर , आउँदा हप्तालाई ‘डुन’

काठमाडौँ - लामो समयदेखि बन्द रहेका हल असोज १ देखि खुले पनि हलमा नेपाली फिल्मको भने खडेरी छ । हल खुले पनि कुनै पनि नेपाली निर्माताले फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेका छैनन् ।
ओटिटीमा रिलिज गर्ने भनेर बनाएको फिल्म ‘डाँडाको बरपीपल’ हलमा रिलिज गरे पनि त्यसले दर्शक पाउन सकेन । बरु यसको एक हप्ता अघि रिलिज भएको ‘फास्ट एन्ड फ्युरियस ९’ले ठीकठाक व्यापार गर्यो ।
योभन्दा बछि लागेको ‘बरपीपल’ ढले पनि मल्टिप्लेक्समा अझ पनि ‘फास्ट एन्ड फ्युरियस ९’को एक दुई सो बाँकी छ । यसपछि हल खुलेका छ है भन्ने जनाउने काम दसैँ टीकाको एक दिन अघि रिलिज भएको ‘नो टाइम टु डाई’ले गर्दै आएको छ ।
यही क्रममा आउँदो शुक्रबार पनि हलमा दर्शकले नयाँ रिलिजको रुपमा अंग्रेजी फिल्म नै हेर्न पाउनेछन् । आउँदो शुक्रबार नेपालका सिनेमा घरमा आउने लागेको यो फिल्म भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।
२२ अक्टोबरका दिन अमेरिकामा रिलिज भएको साइन्स फिक्सन विधाको यो फिल्मले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको छ । डेनिस भेल्लिन्युभको निर्देशन रहेको फिल्मको छायाँकनलाई अधिकांश समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । शुक्रबार नै अंग्रेजी फिल्म 'भेनम' रिलिज हुँदैछ भने यसको एक हप्तापछि मार्भलको 'साङ ची' रिलिज हुँदैछ ।
मल्टिस्टारर यो फिल्ममा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओ, जेभियर बार्डेम आदि कलाकारको अभिनय रहेको छ । नेपालमा यो फिल्म टि फोक फिल्मस्ले वितरण गर्न लागेको हो । कम्पनीले यसअघि पनि थुप्रै बलिउड तथा हलिउड फिल्म वितरण गर्दै आएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया