बस दुर्घटना : दुई जनाको मृत्यु, ५० बढी घाइते

विराटनगर - पाँचथर सदरमुकाम फिदिम नजिकै भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला रहेको तर उनीहरूको सनाखत हुन बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेर गुडेको बस दुर्घटना हुँदा घाइते भएका ६५ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सामान्य घाइतेहरूलाई जिल्ला अस्पताल पाँचथर र केहीको निजी अस्पतालहरूमा समेत उपचार भइरहेको छ ।
को १ ख ३८६५ नम्बरको यात्रु बस फिदिम नगरपालिका–४ स्थित सखरखण्डेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका यात्रुहरूलाई झापा र विराटनगर रिफर गरिएको छ । बाँकीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई अस्पताल लैजानका लागि एम्बुलेन्ससमेत अभाव भएको जनाइएको छ ।

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

प्रतिक्रिया