न्यायाधीशहरूको निष्कर्ष : प्रधानन्यायाधीशको राजीनामा नै एक मात्र विकल्प

काठमाडौँ - सर्वाेच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनु नै एकमात्र विकल्प भएको निष्कर्ष निकालेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले राजनीतिक दलका नेताले जस्तै प्रधानन्यायाधीशले पनि भाग खोजेपछि अहिलेको अवस्था आएको निष्कर्ष निकालेको एक न्यायाधीशले इकागजलाई जानकारी दिए ।
‘उहाँले राजीनामा घोषणा गर्नु सबैभन्दा उत्तम । श्रीमान् जति बस्नु भयो त्यति नै न्यायालयको बद्नाम हुने भयो,’ ती न्यायाधीशले भने, ‘तुरुन्तै, जतिसक्दो चाँडो राजीनामा गर्नु नै उहाँको कल्याण छ । नभए अझै धेरै इस्युहरू बाहिर आउँछन् । अहिलेसम्म फैसलामा भएका अनियमितताका कुरा बाहिर आएकै छैन । अब क्रमश आउँछ नि ।’
उनले नेपाल बार एशोसियसनको निर्णय हेरेपछि आफूहरूको रणनीति तय हुने बताए । बारले ठोस निर्णय लिन नसकेको भन्दै न्यायाधीशहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘बारले जे निर्णय गरे पनि अब हाम्रो रणनीति भने तय हुन्छ’ उनले भने ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया