कोभिड–१९ ले बैंकर श्रेष्ठको निधन

काठमाडौं: कोभिड–१९ का कारण बैंकर पृथ्वी श्रेष्ठको निधन भएको छ । उनी दुबईमा मुख्यालय रहेको मस्रिक बैंकको नेपाल प्रतिनिधि कार्यालयका उपप्रमुखका रुपका कार्यरत थिए । तीन साताअघि उनी अचानक बेहोस भएपछि उनलाई ग्राण्डी अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यसपछि थप उपचारका लागि मेडिसिटीमा सारिएको थियो । श्रेष्ठको शनिबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । तत्कालीन ग्रीन्डलेज बैंकबाट करिअर सुरु गरेका श्रेष्ठ निकै मेहनती र इमान्दार बैंकर थिए । उनी जनता बैंकमा डेपुटी सीईओ (नायब प्रमुख कार्यकारी अधिकृत) थिए । जनता बैंकको ग्लोबल आईएमई बैंकसँग मर्जरपछि भने उनी मस्रिक बैंकको प्रतिनिधि कार्यालयमा आवद्ध थिए । उनका समकक्षीहरु श्रेष्ठलाई क्षमतावान्, इमान्दार र मेहनती बैंकरका रूपमा सम्झन्छन् ।
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_5JMEO9DVlf_qhokbcya8gbt6v3kvbsai6rproozctnvvbtsabuxnp6mfaw4vxqrn5zi02do.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया