‘आश्रम ३’को सेटमा तोडफोड, निर्देशक प्रकाश झाको अनुहारमा मसी

मुम्बई - हिन्दु धर्म समर्थित बजरंग दलले भारतको भोपालमा सुटिङ भइरहेको ‘आश्रम ३’को सेट तोडफोड गरेको छ । प्रकाश झाले निर्देशन गरिरहेको यो सिरिजका केही कलाकारमाथि हातपात गरेको पनि समाचार छ ।
बजरंग दल समर्थित युवाले निर्देशक प्रकाश झाको अनुहारमा पनि मसी छर्किएको समाचार छन् । पहिलो भाग सार्वजनिक भएसँगै बजरंग दलले यो सिरिजको विरोध गर्दै आएको थियो । बबी देओल अभिनीत सिरिजले आश्रमको गुरुजीले महिलालाई दुव्र्यवहार गर्ने गरेको कथा प्रस्तुत गर्दै आएको छ ।
दलले प्रकाश झालाई चर्च वा मदरसामा हुने यस्तै कथामा फिल्म बनाउने हिम्मत छ ? भन्दै झाले जानाजान हिन्दु धर्ममाथि आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।
बजरंग दलले फिल्मको शीर्षक परिवर्तन नभएसम्म सुटिङ गर्न नदिने बताएका छन् । उनीहरूले बबी देओललाई पनि नछोड्ने धम्की दिएकको समाचार आएका छन् ।
प्रकाश झाले भने अहिलेसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् । उनले प्रहरी लिखित निवेदन पनि दर्ता नगराएको बताइएको छ । तर, प्रहरीले तोडफोडमा संलग्न सबैलाई समातेर कारबाही गर्ने आश्वासन दिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया