सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

होटलसंघका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको निधन

काठमाडौँ- होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा आज ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको छ । वि.सं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा जन्मिएका श्रेष्ठले दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए ।  

श्रेष्ठले लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८. सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको मृत्यमा होटलसंघ नेपालले शोक व्यक्त गरेको छ ।